नेपालमा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

नेपालमा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

corona death

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६५१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २६०९ जना र एन्टिजेन परीक्षणबाट १०४२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १६ हजार ५९४ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण १० हजार ४४५ र एन्टिजेन परीक्षण ६ हजार १४९ भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७८४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । हालसम्म पिसिआर विधिबाट ७ लाख १७ हजार ४८६ जना र एन्टिजेन ६९ हजार ५२० विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना मुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ११५ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds