ओलीले भने- ‘भत्काइदेऊ ओलीको याद आउने सबै चिजहरु’

ओलीले भने- ‘भत्काइदेऊ ओलीको याद आउने सबै चिजहरु’

KP OLI angry

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अ‍ोलीले अहिलेको सरकारले सबै भत्काउने काम मात्रै गरेको आरोप लगाएका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रेम ध्वज प्रधानले गाएको ‘पर लैजाऊ फूलहरु, छोपिदेऊ तारा जुन, बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु’ शैलीमा भने- ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानी पोखरी, टालिदेउ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरु। ओली याद आउने सबै चिजहरु।’

अ‍ोलीले गठबन्धन सरकार एक महिनासम्म विस्तार हुन नसकेकोमा पनि कटाक्ष गरे। ‘उहाँहरूले जनताका लागि केही नयाँ गर्ने होइन, के भत्काउने भनेर काम सुरु भएको छ,’ ओलीले भने, ‘हिजो आफनो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरुको पार्टीहरुको किचलो छरपष्ट भएको छ। के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ?’, उनको प्रश्न थियो।

उनले गठबन्धन सरकारले ल्याएको साझा नीति कार्यक्रमको मूल प्रस्तावनाबाट आफूहरुमाथि गाली र आक्रमण सुरु भएको समेत बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ