नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले र्वत्र असफल व्यक्ति बारम्बार सत्तामा पुग्नु यो देशको विडम्बना भएको भन्दै आक्रोश पोखेका छन्। सोमबार बिहानै एक फेसबुक पोष्ट मार्फत पाैडेलले पार्टी नेतृत्वप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन्।
पौडेलको असन्तुष्टि पार्टीको महाधिवेशनमा भइरहेको ढिलाईप्रति थियो। उनले सभापति शेरबहादुर देउवाको चरम असफलता र लापरवाहीका कारण यो ढिलाइ भएको आरोप लगाएका छन्।
‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधान समातेर ६ महिना बढाइयो। आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइरहेको छ’, पौडेलले फेसबुकमा लेखेका छन्।
कांग्रेसले संविधान अनुसार भनेर दोस्रो पटक थपेको समय पनि भदौ २३ गते सकिंदैछ। यो समयभित्र महाधिवेशन नभएर पार्टी संकटमा पर्ने पौडेलले चिन्ता व्यक्त गर्दै आएका छन्। तर देउवा भने निर्वाचन आयोगमार्फत समय थप्ने चर्चा चलेको छ। यही कुरालाई संकेत गर्दै पौडेलले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको आरोप लगाएका छन्।
पार्टीमा महाधिवेशन विवाद चलिरहँदा सभापति देउवा सरकारको नेतृत्व गर्न पुगेका छन्। नेपाली कांग्रेसको विधानले हरेक चार वर्षमा पार्टी महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ। पार्टीको १३ औं महाधिवेशनबाट २०७२ फागुन २४ मा शेरबहादुर देउवा सभापति चुनिएका थिए। पटक पटकको ढिलाइपछि आगामी भदौ १६ देखि १९ को लागि कांग्रेसको १४ औं महाधिवेशनको समय तोकिएको छ। तर हालसम्म कांग्रेस क्रियाशील सदस्यताको विवादमै रुमलिरहेको छ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने