त्रिविद्वारा भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय

त्रिविद्वारा भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय

tribhuwan_RngV0RztPg

त्रिभुवन विश्वविद्यालयले तालिका सार्वजनिक भइसकेको परीक्षाहरू नरोक्ने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह नियन्त्रक घनश्याम ठाकुरले अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने  बताए ।

उनका अनुसार स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा हाल सञ्चालनमा छन् । केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुने उनको भनाइ छ । निषेधाज्ञा भएका जिल्लामा पनि विद्यार्थीलाई परीक्षा केन्द्रसम्म जाने व्यवस्था मिलाउन त्रिविले समन्वय गरिरहेको ठाकुरले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds