मुलुकभर थप ३२ सय १८ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

मुलुकभर थप ३२ सय १८ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

Corona

काठमाडौं स् पछिल्लो २४ घन्टामा थप ३२ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार ५७३ नमूना परीक्षणमा यो संख्यामा भाइरस संक्रमण देखिएको हो।

विभिन्न प्रयोगशालामा परीक्षण गराएका ४७ सय ७ नमूनाको एन्टिजेन विधिबाट र ८८ सय ६६ नमूनाको पीसीआर परीक्षण गरिएको थियो। जसमध्ये ९८७ नमूनाको एन्टिजेनबाट र २ हजार २३१ नमूनाको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै शनिबार १ हजार ७२२ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ। निको हुने यो ९३।६ प्रतिशत हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १९ जनाको मृत्यु भएको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्‍या १० हजार ३८ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा १ लाख ९१ हजार ३३९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

हाल ३५ हजार ४३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ