शनिबार गण्डकीका ५७३ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२२० जनामा गरिएको नमुना परीक्षणमा थप ५७३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४०२ जनाको नमुना परीक्षण गर्दा १८३ जना, तनहुँका १८४ जनाको परीक्षण गर्दा ९६ जना, गोरखाका २३१ जनाको परीक्षण गर्दा १०९ जना, लमजुङका ७७ जनाको परीक्षण गर्दा २७ जना र नवलपुरका १०१ जनाको परीक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ३४ जनाको परीक्षणमा १४ जना, पर्वतका १७ जनाको परीक्षणमा दुई जना, बागलुङका १११ जनाको परीक्षणमा ५४ जना र म्याग्दी जिल्लाका ६३ जनाको परीक्षणमा २४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७१ हजार ५४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५३८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६४ हजार ५३९ पुगेको छ।
शनिबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, लमजुङका एक जना र कास्की जिल्ला पोखरा महानगरका तीन जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११२८ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो