नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

corona death

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

२४ घण्टामा १५ हजार ६७५ नमूना परीक्षण गराउँदा ३७ सय २९ जनामा कोरोना भाइरस ९कोभिड९१९०संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ९ हजार ४९३ नमूनाको पीसीआर र ६ हजार १८२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो । जसमध्ये २४ सय ३० नमूनाको पीसीआरबाट र १२सय ९९ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८ सय ८५ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेको छ। यस्तै, ७३२ जनाको आइसीयूमा र १५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

होम आइसोलेसनमा ३१ हजार ४२७ जना र संस्थागत आइसोलेसनमा ३५ सय १५ जनाको उपचार भइरहेको भने ३५६ जना क्वारेन्टाइनमा छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds