बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका वडा नम्बर ८ तीनकुने जंगलस्थित कोशी राजमार्गमा भएको दुर्घटनाबाट मोटरसाइकल पछाडि सवार यात्रीको मृत्यु भएको हो।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरादेवी साह छिन्।
बुधबार बिहान साढे ९ बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको को १ ख ५४३० नम्बरको बसले ठक्कर दिएको थियो। त्यसैबेला बसले विपरीत दिशा जाँदै गरेको प्रदेश-१ (०२-०४) प ६४०५ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो।
सो दुर्घटनाबाट मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय विमल साहसमेत दुई जना घाइते भएका छन्। मृतक मिरादेवीको घोपा धरानमा उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको थियो। छोरा विमलको सोही अस्पतालमा उपचार भइरहेको छ।
उनी माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते