युएईले नेपाल माथिको यात्रा प्रतिबन्ध हटायो

युएईले नेपाल माथिको यात्रा प्रतिबन्ध हटायो

uAE visa

संयुक्त अरब इमिरेट्स यूएईले कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल र भारत लगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा रहेका छन् । कोभिड–१९ संक्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने जाने यी मुलुकका लागि प्रतिबन्ध लगाइएको थियो ।

यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटीले ट्वीटमार्फत जारी दिइएको सन्देशमा यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैध रूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुने भनिएको छ ।

यद्यपि युएइ प्रवेश गर्नेले कोभिड विरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्ने छ । मुलुकमा कार्यरत चिकित्सक, नर्स र खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन ।

संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीका कारण युएई हुदै यात्रा गर्न केही महिना यता अस्थायी रोक लगाइएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ