एसिड प्रहार गरी श्रीमती र छिमेकीलाई गम्भीर घाइते बनाएको अभियोगमा एक जना पक्राउ

एसिड प्रहार गरी श्रीमती र छिमेकीलाई गम्भीर घाइते बनाएको अभियोगमा एक जना पक्राउ

arrest

सुनसरी।  श्रीमती र छिमेकी माथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बराहक्षेत्र ३ बस्ने ३० वर्षीया रोमन राजधामीलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमतीलाई एसिड प्रहार गरेपछि फरार भएका राजधामीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर बराहक्षेत्रको टोलीले महानगरीय प्रहरी वृत्त काठमाडौँबाट साउन १५ गते पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि सोमबार सार्वजनिक गरेको हो ।

मादक पदार्थ सेवन गरेका राजधामीले २८ वर्षीया श्रीमती सरस्वती बस्नेतलाई पसलबाट चुरोट ल्याउन लगाएको र नल्याइदिएपछि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि घरबाट भागेकी सरस्वतीलाई राजधामीले पछ्याउँदै गएका थिए । उनीहरुलाई छुट्याउन खोज्दा उनले छिमेकी ४३ वर्षीया श्यामकुमारीलाई समेत एसिड प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

टाउको तथा अनुहारको भागमा चोट लागेर गम्भीर घाइते भएकी श्यामकुमारीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको भएपनि उपचार हुन नसकेपछि विराटनगर लगिएको छ। एसिड प्रहारपछि छुट्याउने क्रममा अन्य दुई जना छिमेकीलाई समेत एसिडको छिटा परेर घाइते भएको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ