कृयाशिल पत्रकार तथा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई हाल पोखरा महानगरपालिका–११ बस्ने श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई दिएको धम्कीप्रति प्रेस संगठन कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै अवैध रुपमा सञ्चालित रिपोर्टरसेभेन डटकम अनलाईनले गण्डक न्यूज डटकम र पोखरा न्यूज डटकमबिरुद्ध अनर्गल प्रचार गरेकोप्रति पनि संगठन खेद व्यक्त गरेको छ ।
संगठनका संयोजक सन्देश श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै धम्की दिने कार्य अत्यन्त निन्दनीय र खेदजनक रहेको बताएका छन् ।
विज्ञप्तिमा उल्लेख छः ‘यस घटनाले स्वतन्त्र प्रेस माथि आक्रमण भएको संगठनको ठहर छ । प्रेस स्वतन्त्रता माथि आघात पु¥याउने यस घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई तत्काल कानुनी कारवाही गर्न प्रेस संगठन कास्की सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।
साथै सोहि घटनालाई लिएर पत्रकार महासंघ कास्कीसहित महासंघ गण्डकी प्रदेश शाखामा लगाइएको तालाका कारण असहज परिस्थिति उत्पन्न भएकाले समस्या समाधानका लागि महासंघका जिल्ला र प्रदेश शाखासहित सम्पूर्ण सरोकारवाला संस्थाहरुलाई संगठन हार्दिक अनुरोध गर्दछ ।’
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो