पोखरा। राम्रो काममा लगाइदिने भन्दै यौन शोषण गर्न लगाउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -१२ अमरसिंहचोक स्थित एस के खाजाघर संचालन गरी बस्ने ५३ वर्षीया सोनाम गुरुङ र पोखरा -२७ रिठ्ठेपानी बस्ने ३२ वर्षीय रोशन गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त खाजाघर संचालन गर्दै आएका उनीहरुले राम्रो काममा लगाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पार्नुका साथै महिलाहरुलाई डर त्रास देखाएर पैसाको मोलमोलाई गरी यौन शोषण गर्न लगाएको आरोप प्रहरीको छ।
पक्राउ परेका उनीहरुविरुद्ध मानव वेचबिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भईरहेको साथै पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ