नेपालमा २५६८ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

नेपालमा २५६८ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

corona-death

नेपालमा आज २ हजार ५६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको परीक्षण गर्दा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो।

८ हजार ४०२ जनाको आरटी पीसीआर गर्दा १ हजार ९८१ र र ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ९७ हजार ३७० र एन्टिजेनबाट ६१ हजार ९३७ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ६ लाख ६५ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ