सडकको खाल्टोमा जमेको पानीमा पौडी खेल्दा १३ वर्षीया बालिकाको डुबेर मृत्यु

सडकको खाल्टोमा जमेको पानीमा पौडी खेल्दा १३ वर्षीया बालिकाको डुबेर मृत्यु

Death

सांकेतिक तस्विर

सडकमा परेको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको पालुङटार नगरपालिका वडा नं -६ लामाटारी स्थित वुद्ध तामाङको १३ वर्षीया छोरी आशा तामाङको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा उक्त पानी जमेको खाल्टोमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको हो।

घटनाको जानकारी पश्चात खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ