बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पु–याउन सक्ने विज्ञको चेतावनी छ । कोरोनाको तेस्रो लहरले बालबालिकालाई बढी समस्यामा पार्न सक्छ भन्ने आइरहँदा बालबालिकालाई महामारीबाट जोगाउन सबैले ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।
कोरोना भारसविरुद्ध कुनै पनि मुलुकमा बालबालिकालाई खोप लगाइएको छैन । बालबालिकामा कोरोना सङ्क्रमण हुन थाल्यो भने सङ्क्रमण दर कति चाँडो बढ्छ र त्यसले कति क्षति पु–याउन सक्छ भन्ने अनुमान गर्न कठिन भइरहेको छ ।
धुलिखेल अस्पतालका नर्स मनिता कर्माचार्यकी छ वर्षीया छोरीलाई कोरोना सङ्क्रमण भएपछि निकै गाह्रो भयो । उनले भने, ‘‘साना बालबालिकालाई कोरोनाले गाह्रो हँुदैन भन्ने मेरो पनि सोचाइ थियो । तर, मेरो सोचाइ गलत रहेछ । भोगेपछि थाहा भयो । छोरीलाई बचाउन धेरै कठिन भयो ।’’ सबै परिवारका सदस्य कोरोना सङ्क्रमित भएपछि छोरीलाई पनि सातौँ दिनमा परीक्षण गराएँ । उनका अनुसार छोरीलाई समेत पोजेटिभ आयो तर खासै लक्षण नदेखिएकाले चिन्ता लागेको थिएन । सङ्क्रमित भएको रिपोर्ट आएपछि छोरीलाई पेट दुख्ने, पातलो दिसा लाग्ने, खान रुचि नहुने, बान्ता हुनेजस्ता समस्याले हैरान बनायो । कर्माचार्यले भन्नुयभो, ‘‘कोरोनाले बालक, वृद्ध कसैलाई पनि छोड्दैन । त्यसैले वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित राख्नु नै सबैभन्दा बुद्धिमत्तापूर्ण काम हो ।’’
कान्ति बाल अस्पतालका निर्देशक डा। आरपी बिच्छाका अनुसार बालबालिकालाई कोरोनाबाट बचाउन अभिभावकले बढी सावधानी अपनाउनुपर्छ । उनका अनुसार कोरोना सङ्क्रमणले बालबालिकामा सुरुमै सामान्य रुघा तथा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षणसँगै श्वासप्रश्वासमा समस्या देखिनेछ । अहिले फ्लु र श्वासप्रश्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको जानकारी दिँदै उनले अरुचि, पेट दुख्ने, पखाला चल्ने, बान्ता आउने, जिउ दुख्ने, शरीरमा डाबर देखिने बताए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो