पोखराकी ३६ वर्षीया महिलासहित गण्डकीमा ८ को मृत्यु पुष्टि, थप ५१९ जनामा संक्रमण

पोखराकी ३६ वर्षीया महिलासहित गण्डकीमा ८ को मृत्यु पुष्टि, थप ५१९ जनामा संक्रमण

corona

पोखरा ।  शनिबार गण्डकीका ५१९ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २०१ जनामा गरिएको नमुना परीक्षणमा थप ५१९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४५६ जनाको नमुना परीक्षण गर्दा २५५ जना, तनहुँका ३४२ जनाको परीक्षण गर्दा १०७ जना, गोरखाका १९७ जनाको परीक्षण गर्दा ५७ जना, लमजुङका ३२ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नवलपुरका ८३ जनाको परीक्षण गर्दा ५४ जना, स्याङ्गजाका ६० जनाको परीक्षण गर्दा ३६ जना र बागलुङका ३१ जनामा गरिएको परीक्षण आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६७ हजार ७०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २२२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६१ हजार ६४८ पुगेको छ।

शनिबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमास स्याङ्गजाका एक जना, नवलपुरका दुई जना,  कास्की जिल्ला पोखरा महानगरका चार जना र पर्वतका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०९६ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ