पोखरा। शुक्रबार गण्डकीका ४६७ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २६३ जनामा गरिएको नमुना परीक्षणमा थप ४६७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४९२ जनाको नमुना परीक्षण गर्दा २०२ जना, तनहुँका ३६ जनाको परीक्षण गर्दा पाँच जना, गोरखाका १६० जनाको परीक्षण गर्दा ६० जना, लमजुङका १३१ जनाको परीक्षण गर्दा ४० जना, नवलपुरका १७७ जनाको परीक्षण गर्दा १०४ जना र स्याङ्गजाका ८० जनाको परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, पर्वतका ४४ जनाको परीक्षण गर्दा छ जना, बागलुङका ९८ जनाको परीक्षणमा १९ जना, म्याग्दीका ३२ जनाको परीक्षणमा तीन जना र मनाङ जिल्लाका १३ जनाको परीक्षण गर्दा दुई जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६७ हजार १८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६१ हजार ४२६ पुगेको छ।
शुक्रबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका तीन जना र स्याङ्गजाका दुई जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०८८ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो