महोत्तरीमा बुधबार साँझदेखि हराइरहेका ५ वर्षीय बालकको शव फेला परेको छ।
महोत्तरी रामगोपालपुर नगरपालिका ६ बस्ने चन्द्रकिशोर यादवको ५ वर्षीय छोरा रितेशको बुधबार साँझदेखि हराएका थिए ।
बिहीबार बिहान हीरा साहको फूलबारीको केराको बोट नजिक रितेशको शव परालले छोपिएको अवस्थामा फेला पारिएको हो।
कुहिएकेको अवस्थाको उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी टोलीले घटनास्थलबारे बुझेर शवलाई पोष्टमार्टमका लागि जनकपुरधाम पठाएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश विष्टले जनाए।
शव हेर्दा बालकको घाँटी निमोठेर हत्या गरेको जस्तो देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ।
रितेशकी आमा तीन वर्षीय भाइ र उनलाई लिएर माइतीमै बस्दै आएकी थिइन्। बालकका बुवाले अर्को बिहे गरेका छन्।घटनापछि भने बालकका बुवा चन्द्रकिशोर यादव र कान्छी आमा दुवै फरार छन्।
घटना शंकास्पद देखिएकाले थप अनुसन्धान जारी रहेको र बालकका बुवा र कान्छी आमालाई प्रहरीले खोजिरहेको डिएसपी विष्टले बताए।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने