जनप्रतिनिधि र स्थानीयले बीच सडकमै कोदो रोपे

जनप्रतिनिधि र स्थानीयले बीच सडकमै कोदो रोपे

kodo ropai

सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ ।

गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिए । ढुङ्गागाडे मोडमा वर्षौँदेखि सडक निर्माण अलपत्र हुँदा बर्खाका बेला यात्रुहरु हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्ने बाध्यता छ । गोरखा–४ र ८ को बीचमा पर्ने ढुङ्गागाडे मोडमा नगरपालिकाभित्रका वडा नं १, २, ४ र ८ का वडाध्यक्ष सहितका जनप्रतिनिधि भेला भएर कोदो रोपाइँ गरेको उनले बताए।

“नगरपालिकाभित्रै मूल सडकमा अहिले एम्बुलेन्ससम्म पनि गुड्न सक्ने अवस्था छैन”, उनले भने, “ठूला सवारी साधानसमेत घण्टौँ फस्ने गरेका छन्, अझै कति समय नागरिकले हैरानी खेप्नुपर्ने हो थाहा छैन ।” ठेकेदार कम्पनीलाई पटक–पटक सडक छिटो निर्माण गर्न दबाब दिएको भए पनि चासो नदिएको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds