पछिल्लो २४ घण्टामा थप ३३ सय ६५ संक्रमित, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३३ सय ६५ संक्रमित, १६ जनाको मृत्यु

corona-dead

नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३३५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ६८७ गर्दा १०३० मा संक्रमण देखिएको छ । १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा ३३ सय ६५ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३७३ जना संक्रमणमुक्त भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ