रुकुम त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले घटनास्थलबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकामा मृतक खड्काका माइला जेठाजु केशरबहादुर खड्का र उनका दुई छोरा छन् । पक्राउ परेकाहरू एक जना १५ र अर्को ११ वर्षका भएकाले नाम सार्वजनिक भएको छैन । मृतक मनकला उक्त घरकी ठाइली बुहारी हुन् । अनुसन्धानकै क्रममा रहेकाले सबै भन्न नमिल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए । उनले घटनास्थलबाट कपडा, टर्चलाइटजस्ता सामग्रीसमेत बरामद भएको र त्यसका आधारमा पनि अनुसन्धान भइरहेको जानकारी दिए । सोमबार बेलुकी गोठका भैंसीलाई घाँस हाल्न गएकी मनकला राति ९ बजे मृत भेटिएकी थिइन् ।
घरभन्दा करिब २ सय मिटर टाढा रहेको भैंसीगोठमा घाँस हालेर फर्कने क्रममा उनीमाथि आक्रमण भएको अनुमान गरिएको छ । उनको शव टाउकामा धारिलो हतियार प्रयोग गरिएको, एउटा कान काटिएको र घाँटीमा रातो डाम बसेको अवस्थामा भेटिएको थियो ।
उनले दुवै कान, नाक र घाँटीमा लगाएका सबै सुनका गरगहना हराएको प्रहरीले जनाएको छ । मकैबारीमा लछारपछार पारी बीभत्स ढंगबाट उनको हत्या गरिएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताए । मनकलाको शव बुधबार पोस्टमार्टम गरी अन्तिम संस्कार गरिएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याएको छ ।
गोठमा घाँस हाल्न जाँदै गरेकी महिलाको हत्या
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने