विश्वमा कफी पारखिको कमी छैन । कफीको स्वाद र सेवनपछि पाउने पुर्नताजगीले मानिसलाई कफी पिउन प्रेरित गर्दछ । त्यसैले मानिसहरु मंहगो मुल्य तिरेर भएपनि कफी पिउने गर्दछन् । तर एउटा सामान्य कफीको कति मुल्य पर्ला रु बढिमा एकहजार रु
विश्वको सबैभन्दा महंगो कफी कोपी लुवाक हो । जसको मुल्य करीब साढे ११ हजार पर्दछ । यो कफी सिवेट नामक पशुको दिसाबाट तयार पारिन्छ । अमेरिका यसको एक कपको मुल्य लगभग १० हजार पर्दछ । त्यहाबाट बाहिर यसको निर्यात हुदाँ यसको मुल्य झन् बढ्दछ ।
यो कफी बनाउन यसलाई बिरालो जस्तो पशुको दिसाबाट तयार पारिन्छ । सिवेट नामक बिरालो जस्तै एक प्रजातीको पशुले कफीको अधकल्चो (पुरा नपाकेको) बिउ खाने गर्दछ । सिवेटले यसको गुदी पचाएपनि पाचक एन्जाइम्सको कमीले कफीको गेडा पचाउन सक्दैन । जसका कारण त्यसको दिसामा यो सहजै बाहिर निस्किन्छ ।
यसरी सिवेटले खाएर दिसामा निस्किएको कफीको गेडालाई सफा गरिन्छ । त्यसपछि यसलाई किटाणुरहित पारेर भुटिन्छ र कफी तयार पारिन्छ । यसरी सिवेटको पेटमा रहदाँ कफी अझ गुणस्तरीय र पौष्टिक हुन पुग्दछ । सोहि कारणले यसको मुल्य महंगो पर्दछ ।
सम्बन्धित खबर
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो