सडकमा बाँदरको ‘ग्याङ फाइट’, घण्टौँ ट्राफिक जाम

सडकमा बाँदरको ‘ग्याङ फाइट’, घण्टौँ ट्राफिक जाम

monkey

एजेन्सी रथाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रोकिएका थिए ।

यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज यति ठूलो थियो कि मानिसहरु डराएर गाडीभित्र नै लुकेर बसेका थिए । यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ । यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित रहेको छ ।

भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अनुसार यो घटना लोपबुरीको फ्रा कान मन्दिर र प्राङ्ग स्याम यटको छेउछाउको हो । उनी आफ्नो घरको तेस्रो तल्लामा सरसफाइ गरिरहँदा बाँदरहरू कराएको आवाज सुनेका थिए । जब उनले बाहिर हरे, त्यहाँ १ सय भन्दा बढी बाँदरहरूको दुई गुट सडकमा एकआपसमा भिडिरहेका थिए । यो भिडन्त करिब १ घण्टासम्म चलेको थियो । यसका कारण घण्टौँ ट्राफिक जाम भएको थियो । यसअघि सन् २०२० को मार्चमा पनि यस्तै घटना देखिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds