एकैदिन ३८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

एकैदिन ३८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

corona

पछिल्लो २४ घन्टामा थप ३८ सय ९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा १७ हजार ५१८ नमूना परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१२ हजार ६ सय ५५ नमूनाको पीसीआर र ४ हजार ८ सय ६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये २७ सय २६ जनाको पीसीआरबाट र ११ सय ७३ जनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको हो।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेको छ।

मंगलबार थप १७ सय ७८ जना संक्रमणमुक्त भएका छन्। निको हुने दर ९४।४ प्रतिशत हो। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ