प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले नवनियुक्त मन्त्रीले निःशुल्क विद्युत् वितरण गर्ने भनेर दिइरहेको अभिव्यक्तिप्रति व्यंग्य गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतले कर्णालीमा पैसा तिर्न खोज्दा पनि बिजुली नपुगेकाले निःशुल्क बिजुलीको कुरा नगर्न आग्रह गरे ।
सांसद महतले भने, ‘हिजोआज समाचारमा सुनिन्छ – हाम्रो मन्त्रीज्यूले गरीबलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सोचेका छन् । झट्ट हेर्दा यो शब्द लोकप्रिय जस्तो लाग्छ तर कालान्तरमा यो जिब्रोको पासो हुनेछ । भर्खरै हामीले एउटा गफाडी सरकारलाई बिदा गरेका छौं, अब अर्को सरकार पनि गफाडी हुने हो कि चिन्ता लागेको छ । किनभने खनखन पैसा दिउँला, हामीलाई बत्ती चाहियो भन्दा पनि कर्णालीमा बत्ती पुगेको छैन भने निःशुल्क बत्तीको कुरा नगर्दा राम्रो होला । किनभने हामी असाध्यै अगुल्टाले हानेको कुकुर बिजुली देखेर तर्सिन्छ भनेझै हामी भूतले खाजा खाने बेला माननीय भएछौं सभामुख महोदय । यो सरकारले गर्दा हामीले यो लोगो लुकाएर हिँड्नुपरेको छ ।’
सम्बन्धित खबर
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते