नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद गगनकुमार थापाले संसद सरकारसँग डराउने नभई सरकार संसदसँग डराउनुपर्ने बताएका छन् ।
मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदको प्रश्न र संसदको निगरानीसँग सरकार डराउनुपर्ने बताए ।
सांसद थापाले भने, ‘पुनःस्थापित संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैका लागि नयाँ अपेक्षा छन् । संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने । स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने । जनताको दुहाइ दिने तर आसेपासे पोस्ने, बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने । यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ मेरो सरकार । नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन । यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्नेछ । न त यो संसदलाई बेवास्ता गर्न दिइनेछ, न त कामविहीन बनाउन । न त मनोमानी ढंगले स्थगित गर्न दिइनेछ, न त छल्न । यो संसद सरकारसँग डराउने होइन, सरकार यो संसदसँग डराउनुपर्नेछ, सांसदको प्रश्नसँग, संसदको निगरानीसँग । परीक्षा प्रधानमन्त्रीको मात्रै होइन, सभामुखको पनि छ, यो संसद जोगाउन लाग्ने हामी प्रत्येक सांसदको छ ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते