सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको जनाएका छन् ।
‘सम्भावित तेस्रो लहरमा बालबालिकालगायत खोप लगाउन नपाएका व्यक्ति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ,’ उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा कोरोना नियन्त्रण गर्न सकिनेछ । हाल झन्डै ७ प्रतिशत नागरिकले मात्रै खोप लगाएका छन् ।
संक्रमण दर बढ्दै गए ३८ हजार सात सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र सोमध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले तयार पारेको द्रुत कार्ययोजनामा उल्लेख छ ।
कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधार तयारी थालिएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो