युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पोखराको हेमजाबाट एकजना पक्राउ

युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पोखराको हेमजाबाट एकजना पक्राउ

harka-bk

कास्की । १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

निज युवतीलाई ललाई फकाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको जाहेरीको आधारमा प्रहरीले एक व्यक्तिलाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको माछापुछ्रे गाउँपालिका स्थायी घर भइ हाल पोखरा पोखरा महानगरपालिका -२५ हेमजा बस्दै आएका ३२ वर्षीय हर्क बहादुर बि.क रहेका छन् ।

पक्राउ परेका बिक विरुद्ध करणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्कीका प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

नोट : प्रहरीको आग्रहमा वास्तविक ठेगाना परिवर्तित राखिएको।  

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ