लेकसाइडबाट २७८ एम्पुल लागु औषधसहित सराङकोटका देवेन्द्र पक्राउ

लेकसाइडबाट २७८ एम्पुल लागु औषधसहित सराङकोटका देवेन्द्र पक्राउ

devendra sunar

पोखरा । कास्की प्रहरीले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।

पोखरामा अवैध लागु औषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा पोखरा र जिल्ला प्रहारी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -६ लेकसाइडबाट अवैध लागु औषधसहित पोखरा -१८ सराङकोट बस्ने २९ वर्षीय देवेन्द्र सुनारलाई पक्राउ गरेको हो ।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार प्रहरीले उनको साथबाट डाईजापान ९३ एम्पुल, फेनेरागन ९२ एम्पुल, नुर्फिन ९३ एम्पुल गरी जम्मा २७८ एम्पुल लागु औषध र मोवाइल वरामद गरेको छ।

पक्राउ परेका उनीविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds