इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
देउमाई नगरपालिका वडा नम्बर २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोरा ३४ वर्षीय गिर्जमानको कुटपिटबाट मृत्यु भएको हो।
गिर्जमानले बुवा टेकबहादुरलाई गत बिहीबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए।
घरायसी विवाद हुँदा बुवामाथि गिर्जमानले कुटपिट गरेका थिए।
घाइते भएका टेकबहादुरलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि घर फर्काउने क्रममा आइतबार राति ९ बजे मृत्यु भएको हो।
मृत्यु भएपछि प्रहरीले कुटपिट गरेको आरोपमा गिर्जमानलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ