काठमाडौँ । नेकपा एमाले भित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ।
असार २८ मा सर्वोच्च अदालतको फैसलापछि आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा नेकपा एमालेका दुवै पक्षका सांसदहरूबीच भनाभन भएको छ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबार बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएपछि वैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको छ ।
बैठकमा एमाले वरिष्ठ नेता एवम् समिति सदस्य माधवकुमार नेपालले संसद् पुनःस्थापित भएको भन्दै खुसी व्यक्त गरेका थिए। उनले संसद् जोगाउन महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिए।
उनीपछि ओली पक्षीय सांसद रानाले आफ्नो भनाइ राख्दै अहिलेको संसद् र सरकार जनताको जनादेशबाट नभई सर्वोच्च अदालतको आदेशले पुनःस्थापना गरेको बताए। उनले यस्तो भनेपछि बैठकमा भनाभन भएको हो। रानाले बोल्ने क्रममा ‘संसद् बचाउने चिन्ता गर्नेहरु वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको मत लिने बेला कहाँ थिए?’ भन्दै प्रश्न गरेपछि माधव नेपाल पक्ष आक्रोशित बनेको थियो।
राना बोल्दाबोल्दै बीचमै उठेर नेपाल पक्षका दिपकप्रकाश भट्टले चर्को स्वरमा ‘प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोजे । माधव नेपालले पनि प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार छैन भन्दै राजीनामा दिएर बाहिर जान भनेपछि स्थिति तनावमय बनेको थियो ।
कांग्रेस र माओवादीका सांसदहरूले पनि नेपाल समूहलाई साथ दिएका थिए ।
केहीबेर एक पछि अर्का सांसदको पक्ष विपक्षमा दोहोरी चल्यो । केही समयपछि नेता नेपाल निस्किए। त्यसपछि अन्य सांसद पनि बैठक कक्षबाट बाहिरिएका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते