राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा घिमिरे पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा घिमिरे पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

काठमाडौं । राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा झापा मेचीनगर नगरपालिका-६ बस्ने सोम प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो इडिट गरी ट्रोल भिडियो बनाई सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरी चरित्र हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

जानकारी पश्चात प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

प्रक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट शुक्रबार सात दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ