काठमाडौँ । नेकपा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमान्ड घोषणा गरेको छ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबिच एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।
कार्यक्रममा बोल्दै पोखरेलले आफ्ना नेता कार्यकर्तालाई ज्यादती र आतंकबाट जोगाउँदै सुरक्षाको प्रत्याभूतिका लागि तत्कालीन समयमा युथ फोर्स जन्मिएको बताए । माओवादी आतंक बढिरहेको समयमा जनताको सुरक्षाका लागि युवाहरुको शक्तिको जन्म भएको उनको भनाइ थियो ।
उनले युथ फोर्स जनताको पक्षमा काम गर्न तथा खबरदारी गर्नका लागि फेरि ब्यूँतिएको बताए ।
उनले युथफोर्सलाई अब भ्रष्टचारविरुद्ध अभियान चलाउनसमेत निर्देशन दिएका छन् ।
उक्त कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानहरूबाट युथफोर्सले मोटरसाइकल -याली तथा विभिन्न शक्ति प्रदर्शन गरेको छ।
पछिल्लो समय एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीले आ–आफ्नै तरिकाले विभिन्न संघ, संगठनहरू विस्तार गर्दै गइरहेका छन् ।
केही दिन अघि मात्र नेपाल पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्स घोषणा गरेको थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते