काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशन तत्कालको लागि स्थगित भएको छ ।
शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशनको तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।
प्रधानन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । अधिवेशनको अर्को मिति छिटै तोकिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर, क्रियाशील सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल सुरु भएको छ ।
कांग्रेसले भदौ १६ गतेदेखि हुने चौधौँ केन्द्रीय महाधिवेशनको लागि साउन १२ गते वडा अधिवेशन, साउन १६ गते पालिकाको अधिवेशन, २० गते प्रदेशसभा क्षेत्र तथा २३ र २६ गते प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।
यस्तै भदौको १ र २ गते प्रदेश अधिवेशनको कार्यतालिका छ । वडाको अधिवेशन स्थगित भएपनि अरु अधिवेशनको तालिकाको बारेमा अहिले कुनै निर्णय नभएको प्रवक्ता शर्माले जानकारी दिए ।
बैठकले क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी कार्यालयमा धर्नामा बसेका नेता तथा कार्यकर्ताहरूको गुनासो सम्बोधन गर्ने निर्णय पनि गरेको छ । बैठकमा मन्त्रीमण्डल विस्तार लगायतका अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते