पिल्लर लडेर किच्दा बालकको मृत्यु

पिल्लर लडेर किच्दा बालकको मृत्यु

Untitled

सिमेन्टको पिल्लर (खम्बा) लडेर किच्दा  बालकको मृत्यु भएको छ। इलाम–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा खम्बाले किचेर आठ वर्षीय ग्रेसदीप रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ।

भित्तामा ठड्याएर राखेको कम्पाउन्ड बेरा गर्ने सिमेन्टको खम्बा लडेर किच्दा बालक गम्भीर घाइते भएका थिए। उपचारका लागि इलाम अस्पताल ल्याइएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

इलाम नगरपालिकाको खरेलडाँडाका बालक नेपालटारमा बाबु आमासँगै डेरा गरी बसेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ