टोकियो ओलम्पिकको भव्य उद्घाटन, एलेक्जेण्डर र गौरिकाले बोके नेपालको झण्डा

टोकियो ओलम्पिकको भव्य उद्घाटन, एलेक्जेण्डर र गौरिकाले बोके नेपालको झण्डा

tokyo-olympic-opening-nepal

विश्व खेलकुदको सबैभन्दा ठूलो कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको उद्घाटन भव्य भएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा शुक्रबार बेलुकी विशेष समारोहका बीच टोकियो ओलम्पिक २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

ओलम्पिक स्टेडियमको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेण्डर शाहले बोकेका छन् । दोस्रो पटक सहभागीता जनाउँदै गरेकी गौरिकासँगै पौडीबाट एलेक्जेण्डर शाह, एथलेटिक्सबाट सरस्वती चौधरी, सुटिङबाट कल्पना परियार र जुडोबाट सोनिया भट्ट गरी पाँच नेपाली खेलाडीले भाग लिँदैछन् ।

गौरिकाले महिला एक सय मिटर फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफल, जुडोकी सोनियाले महिला ४८ केजी तौल समूह तथा एथ्लेटिक्सकी सरस्वतीले महिला एकसय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । विश्वका २ सय ४ देशबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो ओलम्पिकमा सहभागी हुँदैछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ