गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले कोभिड १९ (कोरोना) सँग सामना गर्न अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको प्रोत्साहन स्वरूप एक करोड विनियोजन गरेका छन् ।
शुक्रबार अर्थ मन्त्रालयको कार्यभार सम्हालेसँगै प्रदेशका नवनियुक्त अर्थमन्त्री बरालले विश्वव्यापी रूपमा फैलिएको कोरोनाको रोकथाम तथा नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको प्रोत्साहन स्वरूप एक करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेका हुन् ।
पदभार ग्रहण पश्चात अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिंदै मन्त्री बरालले खुबी, क्षमता, दक्षता र सृजनशीलताको आवश्यकता अनुरूप कार्यान्वयन गर्न र समयमै काम सम्पन्न गर्ने दायित्व वहन गर्नुपर्नेमा जोड दिए। मन्त्री बरालले विना हिचकिचाहट ढुक्क भएर आवश्यकताको आधारमा योजना कार्यान्वयन गर्न कुनै प्रकारको कठिनाइ र हस्तक्षेप नहुने स्पष्ट पारे ।
अर्थका श्रोतहरूमा ध्यान केन्द्रित गर्ने गरी पुँजीगत खर्चलाई अधिकतम ढङ्गले परिचालन गर्ने आफ्नो योजना रहेको मन्त्री बरालको भनाई छ । पुँजीगत खर्च गर्न नसकेको हालको अवस्थामा आवश्यकताको आधारमा रकमान्तर गरेर भए पनि बजेट खर्च गर्ने गरिने उनको भनाई छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन