भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने

भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने

Bus Nepal

जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायहरूका परीक्षा सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षार्थी र सर्वसाधारणहरूको आवतजावतलाई सहज बनाउन यातायात सञ्चालन गर्न लागिएको हो ।

साथै यात्रुहरूले अनिवार्य रूपमा काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds