माओवादी केन्द्रबाट गण्डकी सरकारमा जाने तीन मन्त्रीको टुङ्गो, अर्थमा रामजी बराल

माओवादी केन्द्रबाट गण्डकी सरकारमा जाने तीन मन्त्रीको टुङ्गो, अर्थमा रामजी बराल

gandaki pradesh sabha

पोखरा । गण्डकीमा माओवादी केन्द्रबाट तीन जना मन्त्रीको टुङ्गो लागेको छ।

बिहीबार बसेको कांग्रेस र माओवादी केन्द्रबीचको बैठकले माओवादीबाट सरकारमा जाने गरी तीन सांसदको टुंगो लगाएको हो ।

माओवादीका सांसद दीपक कोइरालाका अनुसार अर्थमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीलाई मआओवादीले गण्डकी सरकारमा पठाउने निर्णय भएको छ ।

तीनैजना मन्त्रीको शपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको सांसद कोइरालाले जानकारी दिए । यसअघि  माओवादीबाट मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ