काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज मनाइँदैछ । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा आज बिहान कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा हुने कार्यक्रमको प्रमुख अतिथि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल हुनेछन्।
कार्यक्रममा डा.बेदुराम भुसाल,डा. माधव पन्थी र डा. ढाकाराम सापकोटाद्वारा संयुक्त रुपमा लिखित पुष्पलाल श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘नेपाल रत्न पुष्पलाल’ को विमोचन हुने छ ।
यसैगरी, पुष्पलाल मित्रता केन्द्रले शुक्रबार नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रममा नेता नेपाललगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरण, चित्रबहादुर केसी, नेत्रविक्रम चन्द, चन्द्रदेव जोशी, अष्टलक्ष्मी शाक्यलगायतका अतिथिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रवचन कार्यक्रम भोलि साउन ८ गते दिउँसो साढे १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय, च्यासल ललितपुरमा आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए।
पूर्वी पहाडी रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । उनको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते