आज बकर–इद मनाइँदै

आज बकर–इद मनाइँदै

ID_इद

d’l:nd wd{dfGg]x?sf] ljif]z kj{ Obsf] cj;/df 306f3/ l:yt d:hLbdf k|fy{gf ub}{ wdf{nDjLx? . tl:a/ M k|bLk/fh jGt,/f;;

पोखरा । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व इद उल जोहा (बकर इद) आज उत्साहका साथ मनाइँदै छ ।

मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ।

आज नेपाली मुस्लिम धर्मावलम्बीहरुले नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गने चलन छ।

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।

कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।

सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds