विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका कृयाशिल सदस्यताले पार्टीलाई बलियो नबनाउने भन्दै नेपाली कांग्रेसका १० नेताले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्न आग्रह गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै ‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको वताएका हुन्।’
वक्तव्यमा भनिएको छ -“पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ । नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो । तर एकैचोटी पुराना साथिहरुको बिस्थापन हुने गरि जथाभावी गर्नु हुदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ । तसर्थ नेपाली कांग्रेसको कृयाशिल छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको बिधिसंगत र तार्किक समाधान गर्न हाम्रो आग्रह छ ।”
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते