मेयर जिसीको उपचारका लागि पोखरा महानगरले १० लाख दिने

मेयर जिसीको उपचारका लागि पोखरा महानगरले १० लाख दिने

pokhara-mahanagar

पोखरा। पोखरा महानगरको कार्यपालिका बैठकले मेयर मानबहादुर जिसीको उपचारका लागि दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

मंगलबार बिहान सम्पन्न बैठकले अकस्मात् मस्तिष्कघात भई उपचाररत जिसीको तत्काल उपचार खर्च व्यवस्थापनका लागि प्रकोप व्यवस्थापन कोषबाट रु. १० (दश) लाख खर्च गर्नेे निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बैठकले जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गदै महानगरका सम्पूर्ण वडा कार्यालयहरूमा स्वास्थ्य लाभको पुस्तिका राख्ने निर्णय समेत गरेको छ ।

मस्तिष्कघात भएपछि मेयर जिसीको काठमाडौँ बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई रानीपौवाको मेडिप्लस हुँदै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मस्तिष्कघात पुष्टि गरेका थिए । मणिपालमा प्राथमिक उपचारपछि शुक्रबारै दिउँसो हेलीमार्फत उनलाई काठमाडौँ लगिएको थियो ।

यो पनि पढ्नुहोस्ः

पोखराका मेयर जिसीको शल्यक्रिया सफल, स्वास्थ्यवस्था सुधारोन्मुख

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds