करेन्ट लागेर पुजारीको मृत्यु

करेन्ट लागेर पुजारीको मृत्यु

death body

सर्लाही । सर्लाहीको बसबरियामा करेन्ट लागेर एक पुजारीको मृत्यु भएको छ । विष्णु गाउँपालिका–८, बक्रौलका ६० वर्षीय किशोरी दास बैरागीको करेन्ट लागेर मृत्यु भएको हो ।

उनी सवरिया गाउँपालिका–६, सोहडवामा रहेको राम जानकी मन्दिरका पुजारी थिए । दास सो मन्दिरमा विगत ४५ वर्षदेखि पुजारी बस्दै आएका थिए ।

उनलाई भजन कीर्तनका लागि मन्दिरको बरण्डामा माइकको तार जोड्न खोज्दा करेन्ट लागेको थियो । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds