काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा आज अपराह्न ३ बजे बस्ने बैठकले सोमबार सोधिएको स्पष्टीकरणबारे निर्णय गर्ने जनाइएको छ । यसबाहेक विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावनासमेत रहेको बताइएको छ ।
सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधे पनि उनीहरुले यसको जवाफ दिएका छैनन् ।
यसअघि सोमबारको बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको थियो ।
यस्तै एमालेले पार्टी निर्देशन नमानेर देउवालाई विश्वासको मत पनि नदिइ संसद बैठक बहिष्कार गरेका १० सांसदको हकमा भने कुनै निर्णय गरेको छैन ।
यता संसद बैठक शुरु हुनुअघि नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपनि उनको राजीनाम अझै स्वीकृत भएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि हतारिएर राजीनामा गरेको भन्दै सकेसम्म फिर्ता लिन आग्रह गरेका थिए ।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनाल भने हाल उपचारका लागि भारतको दिल्लीमा रहेको र उनले दिल्लीबाटै देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते