पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशमा छिट्टै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार गरिन लागिएको जानकारी दिएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका– १६ द्वारा आज आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले एक/दुई दिनमै पूर्णता पाउने बताए ।
सरकार थप विस्तार तथा हेरफेर सम्बन्धमा दलबीच सहमति भइसकेको उनले बताए । कार्यक्रममा काँग्रेस पोखरा महानगरपालिका–१६ का सभापति होमबहादुर बानियाँ, नेपाल तरुण दलका सभापति विक्रम बस्नेत, पूर्व इकाइ सभापति शिवराज देवकोटा लगायतले मन्त्री खड्कालाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा काँग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका अनुसार यही साउन १२ गते हुने वडा अधिवेशन गर्न एक कार्यदल गठन गरिएको छ । कार्यदलमा काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री खड्का, वडा सभापति बानियाँ, सहसभापति दिलनाथ आचार्य, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङ र पदमसिंह गुरुङ, अधिवक्ता हरिप्रसाद भट्टराईलगायत छन् ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन