प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिनु अघि नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले देउवाविरूद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो। पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारलाई जानकारी गराएका थिए।
देउवाले संसद्मा विश्वासको मत पाए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमालेका २२ सांसदको साथ पाएका देउवाको पक्षमा १६५ मत खसेको छ । देउवाको विपक्षमा ८३ सांसदले हस्ताक्षर गरेका छन् । मतदानमा सहभागी २४९ सांसदमध्ये देउवाको पक्षमा १६५ मत खसेको हो भने विपक्षमा ८३ जनाले हस्ताक्षर गरेका हुन् । सहभागीमध्ये एक सांसदले मत दिएनन् ।
आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन्। त्यसमध्ये २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिए । यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरे । नेपालनिकट १० सांसद मतदान प्रक्रियामै सहभागी भएनन् । उपाध्यक्ष भीम रावलले सांसद पदबाटै राजीनामा दिए । वरिष्ठ नेता झलनाथ खनाल उपचाररत हुँदा अनुपस्थित रहे ।
केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। त्यस्तै तनहुँ-१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन्। हिरा केसी, पार्वती विसुंखे, गोपाल बम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेनले शेरबहादुर देउवालाई मत दिए । यी सबै यसअघि ओली पक्षका सांसद हुन्। उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन्।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिएका थिए। झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायत सांसदहरू संसद भवनबाट निस्किए ।
संसदमा अनैतिक काम भएकाले आफूहरू मतदान प्रक्रिया सहभागी नहुने सांसद झपट रावलले बताए। जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले देउवालाई विश्वासको मत दिने कुरा अनैतिक भएको उनीहरूले बताएका छन्।
देउवालाई विश्वासको मत दिने २२ जना
माधवकुमार नेपाल
भवानी खापुङ
मुकुन्द न्यौपाने
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
लक्ष्मी चौधरी
निरादेवी जैरू
रामकुमारी झाँक्री
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
कलिला खातुन
सविना हुसेन र
कृष्णलाल महर्जन
यी मध्ये ओली पक्षका ८ जना
- प्रेम आले
- कृष्णकुमार श्रेष्ठ किसान
- हिरा केसी
- पार्वती विसुंखे
- गोपाल बम
- विनादेवी बुढाथोकी
- धनबहादुर बुढा
- समिमा हुसेन
तटस्थ बस्ने माधव पक्षका १० जना
- घनश्याम भुसाल
- सुरेन्द्र पाण्डे
- गोकर्ण बिष्ट
- योगेश भट्टराई
- सोमप्रसाद पाण्डे
- झपट रावल
- दीपकप्रकाश भट्ट
- यज्ञराज सुनुवार
- नारायण खतिवडा
- राजबहादुर बुढा
सम्बन्धित खबर
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
आजको मैसम पूर्वानुमान
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर