मुस्ताङ्ग । काठको पुल भाँचिदा ट्रकमा सवार सात मध्ये दुई जनाको ज्यान गएको छ।
जिल्लाको घरपोङ गाउँपालिका वडा नं -५ ठिनीखोला स्थित आइतबार बिहान अन्दाजी ८ :३० बजेको समयमा जोमसोमबाट धुम्बा जाँदै गरेको ग १ ख ६८५२ नंवरको ट्रक ठिनी खोलामा रहेको अस्थायी काठको पुल भाँचिंदा ट्रकमा सवार दुई जनाको ज्यान गरेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।
केसीका अनुसार ज्यान गुमाउनेमा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका वडा नं -१ बस्ने ३८ वर्षीय चित्र बहादुर श्रेष्ठ र सोही ठेगाना भएका वर्ष २६ की मनिका श्रेष्ठ रहेकी छन् । उनीहरुको घटनास्थलमै ज्यान गएको हो।
घटनामा घाईते चार जनाको जिल्ला अस्पताल जोमसोममा उपचार भैरहेको छ। घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित खबर
कोरला नाका जोड्न चराङ खोलामाथि पुल
कोरला नाकासम्मको सडक कालोपत्र गर्न माग
कोरला नाकामा छैन खानेपानी, सार्वजनिक शौचालय नहुँदा खोज्नुपर्छ झाडी
मुस्ताङको निषेधित क्षेत्र हटाउन माग
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङ्ग्रा बिक्री
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ