एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

bhim-rawal-27-baisakh

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । उनी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर हुन् ।

देउवालाई प्रधानमन्त्री बनाउन अदालत पुगेर हस्ताक्षर गर्ने २३ जनामा उनी पनि हुन् । रावल नेपाल पक्षबाट कार्यदलका संयोजक पनि हुन् । रावलले विश्वासको मत नदिने प्रयोजनका साथ प्रतिनिधिसभा सदस्यबाटै राजिनामा दिएपछि नेपाल समूहमा ठूलो क्षति पुगेको छ ।

नेपाल पक्षीय नेताहरु योगेश भट्टराई त अदालत पुग्नु अघि नै मौन बसिसकेका छन् । गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे लगायतका नेताहरु पनि देउबा बोक्न ईच्छुक नरहेको बुझिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds