संसद सचिवालयका तीन कर्मचारीमा कोरोना पुष्टि

संसद सचिवालयका तीन कर्मचारीमा कोरोना पुष्टि

sanghiya-samsad

काठमाडौँ । संघीय संसद सचिवालयमा कार्यरत तीन कर्मचारीमा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालयले संघीय संसदको अधिवेशनका लागि तयारी स्वरुप आठ सय १ जनाको एन्टिजेन परीक्षण गराएको थियो । तीमध्ये तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकी सबै ७९८ जनाको नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।

एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएका तीन कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आइतबारबाट सुरु हुने भएपछि सचिवालयले सांसद, कर्मचारी मर्यादापालक, रिपोर्टिङका लागि आउने पत्रकार, आईटिसी कर्मचारी, सांसदका स्वीकय सचिव लगायतको एन्टिजेन परीक्षण गराएको थियो ।

परीक्षणमा एन्टिजोन पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाइने जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds